काठमाडौं- सरकारले भिजन काठमाडौं २०४० को दीर्घकालीन योजना कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले यस्तो बताएका हुन।
उनले काठमाडौं उपत्यकाको समग्र सहरी सेवा व्यवस्थापनका लागि अन्डरपास, फ्लाईओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोरमैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्नेसहितको एकीकृत पूर्वाधार बनाउने बताएका छन्।
प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहनसहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्ने बताए।
यसैगरी मन्त्री वाग्लले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ संस्थागत व्यवस्थासहितको 'स्मार्ट अर्बन मोबिलिटी' कार्यक्रम छिट्टै सुरु समेत बताएका छन्।
पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न 'ई-मोबिलिटी' सेवा सुरुवात गर्ने उनले बताए।
