काठमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचना प्रविधि सेवा निर्यात गर्ने कम्पनी र व्यक्तिलाई लाग्दै आएको करमा ५० प्रतिशत छुट घोषणा गरेका छन्।
आर्थिक क्षेत्रको विकासका लागि सूचना प्रविधि क्षेत्रलाई नयाँ संवाहकको रूपमा अघि बढाइने उनले बताए।
नेपाललाई 'आइटी हब' को रूपमा विकास गर्न देशका प्रमुख सहरहरूमा 'आइटी पार्क' स्थापना गरिने समेत मन्त्री वाग्लेले घोषणा गरेका हुन।
उनले उच्च गतिको इन्टरनेट सेवालाई देशैभरि विस्तार गरिने समेत बताए।
