बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआरएनलाई सेयर बजारमा भित्र्याउने सरकारको घोषणा, कानूनी व्यवस्था परिमार्जन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
एनआरएनलाई सेयर बजारमा भित्र्याउने सरकारको घोषणा, कानूनी व्यवस्था परिमार्जन गरिने

काठमाडौं- सरकारले पुँजी बजारमा गैरआवासीय नेपाली (एनआरएन) लाई सहभागी गराउन नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा एनआरएनको लगानी सहज बनाउन आवश्यक सुधार गरिने बताएका छन्।

अर्थमन्त्री वाग्लेले विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गरेर एनआरएनलाई धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराइने जानकारी दिए।

सरकारले पुँजी बजारमा दीर्घकालीन लगानी आकर्षित गर्ने, बजारको दायरा विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको पहुँच सहज बनाउने उद्देश्यसहित यस्तो नीति अघि सारेको हो।

अर्थमन्त्रीका अनुसार एनआरएनको सहभागिताले सेयर बजारमा पुँजी प्रवाह वृद्धि हुने र वित्तीय क्षेत्र थप गतिशील बन्ने अपेक्षा गरिएको छ। सरकारका अनुसार आवश्यक नियामक तथा कानुनी संरचना परिमार्जन गरेर लगानी वातावरण सुधार गरिनेछ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend