बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाललाई ग्रे लिस्टबाट छिटो बाहिर निकाल्ने अर्थमन्त्री वाग्लेको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
नेपाललाई ग्रे लिस्टबाट छिटो बाहिर निकाल्ने अर्थमन्त्री वाग्लेको घोषणा

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट यथासक्य छिटो बाहिर निकाल्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने क्रममा प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले वित्तीय प्रणाली सुधार र पारदर्शिता सुदृढ गर्दै नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने प्रतिबद्धता जनाए।

'नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं,' अर्थमन्त्री वाग्लेले भने।

उनका अनुसार वित्तीय अनुशासन, नियामक सुदृढीकरण तथा अवैध आर्थिक गतिविधि नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गरिनेछ। सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी सुधारका कार्यक्रम अघि बढाउने जनाएको छ।

सरकारले वित्तीय प्रणालीलाई पारदर्शी, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउने उद्देश्यसहित आवश्यक कानुनी तथा संस्थागत सुधार गर्ने बताएको छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend