काठमाडौं- औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुने गरी २ सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनाएका छन्।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गरिरहेका छन्।
उनले विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरेको बताएका छन्।
हाल ३ सय ६० वस्तुमा लागी आएको अन्तःशुल्क खारेज गरेको जनाइएको छ।
भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको छ।
