काठमाडौं- सरकारले करका दरमा बृहत पुनरावलोकन गर्दै प्रतिव्यक्ति आयकर छुट दोबर गरी १० लाख रुपैयाँसम्म पुर्याएको छ।
सरकारले आगामी आर्थिक वर्षदेखि आयकरमा लाग्दै आएको सीमा रकम बढाएको छ। व्यक्तिगत आयमा १० लाख रुपैयाँसम्म एक प्रतिशतमात्रै कर लाग्ने भएको छ।
व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको छ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ बजेट पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आयकरको सीमा बढाएको बताएका हुन्।
