बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend