बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्दै अर्थमन्त्री [लाइभ]

शुक्रबार, जेठ १५ २०८३

राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्‍मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस भइरहेको छ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरिरहेका हुन्। 

नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाएर वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ। 

राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्‍मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend