बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरगञ्ज भन्सारबाट १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँबराबरको निर्यात, ४८ अर्बको भटमासको प्रशोधित तेल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
वीरगञ्ज भन्सारबाट १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँबराबरको निर्यात, ४८ अर्बको भटमासको प्रशोधित तेल

१० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा ६ अर्ब ४२ करोड रुपैयाँबराबरको फलफूलको रस निर्यात भएको छ।

पर्सा- चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट ८८ अर्ब २२ करोड रुपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन्।

गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँबराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा ६ अर्ब ४२ करोड रुपैयाँबराबरको फलफूलको रस निर्यात भएको छ।

यसैगरी तीन अर्ब तीन करोडका कपडा तथा दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend