बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निर्माण व्यवसायीको समस्यालाई उचित सम्बोधन गरिदिन उद्योग परिसंघको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १४ २०८३
निर्माण व्यवसायीको समस्यालाई उचित सम्बोधन गरिदिन उद्योग परिसंघको आग्रह

मूल्यवृद्धिको यस अवधिमा निर्माण व्यवसायीहरूलाई मात्रै १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भइसकेको जनाइएको छ।

काठमाडौं- पश्चिम एसियामा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यवृद्धिले नेपाली अर्थव्यस्था समेत प्रत्यक्ष प्रभावित भइरहेको र निर्माण क्षेत्रसमेत प्रभावित भएको भन्दै निर्माण व्यवसायीहरुको समस्यालाई उचित सम्बोधन गरिदिन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ।

युद्धअघि (फेब्रुअरी १५) डिजेल प्रतिलिटर १ सय ३९ रहेकोमा हाल प्रतिलिटर २ सय २५ र बिटुमिनको मूल्य प्रतिकेजी ७५ बाट १ सय ५५ रुपैयाँ पुगेको परिसंघले जनाएको छ। 

निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामाग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले गराएको जानकारीले नेपाल उद्योग परिसंघलाई चिन्तित बनाएको जनाएको छ।

मूल्यवृद्धिको यस अवधिमा निर्माण व्यवसायीहरूलाई मात्रै १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भइसकेको महासंघले जनाएको छ।

निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सरोकार राख्ने अन्य उद्योगहरुमा समेत शिथिलता आउन सक्ने भएकाले, निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरुको समस्यालाई उचित सम्बोधन गरिदिन परिसंघले अनुरोध गरेको छ। 


प्रकाशित : बिहीबार , जेठ १४ २०८३१८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend