काठमाडौं- पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाका भवन हटाउन सुरु गरेको छ।
महानगरले बिहीबार डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काएको हो। महानगरपालिकाका अनुसार प्रमुख राजनीतिक दल र विभिन्न संघसंस्थाका गरी जम्मा ९ वटा भवनहरूमा डोजर चलाइएको छ।
सार्वजनिक जग्गाको संरक्षण गर्ने र खोला क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले गत आइतबारदेखि ‘खोला/घर क्लियर’ गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।
अतिक्रमित संरचना हटाउने यस कार्यलाई महानगरले आफ्नो नियमित अभियानको रूपमा अगाडि बढाएको छ।
