बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१० महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १४ २०८३
१० महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड राजस्व संकलन भएको छ।

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो। जबकी गत आवको १० महिनामा भने एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड राजस्व संकलन गरेको बताए।

चालु आवको १० महिनामा एक खर्ब ५७ करोड मूल्य पर्ने आठ लाख ९५ हजार दुई सय ४६ किलोलिटर डिजेल आयात भएको छ। जब कि गत आवको १० महिनामा भने ७९ करोड ५७ करोड मूल्य पर्ने नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो।

३५ अर्ब ७९ करोड मूल्य पर्ने तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको १० महिनामा भने ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो।

चालु आवको १० महिनामा २५ अर्ब ५४ करोड मूल्य पर्ने २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ। गत आवका १० महिनामा भने ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १४ २०८३१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend