काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक सूचकहरूमा मिश्रित संकेतहरू देखिएका छन्।
सरकारको सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ।
प्रादेशिक रूपमा हेर्दा बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने देखिएको छ। यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
आर्थिक गतिविधिहरूलाई क्षेत्रगत रूपमा हेर्दा यस वर्ष कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत र गैर-कृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने प्रक्षेपण छ। जीडीपीमा कृषिको योगदान २४ प्रतिशत रहँदा गैर-कृषि क्षेत्रको हिस्सा ७६ प्रतिशत पुगेको छ।
नेपालको आर्थिक वृद्धिदर
- चालु आर्थिक वर्ष २०८२/८३आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने
- बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने, कुल गार्हस्थ्य उत्पादनको ६६ खर्ब ९ करोड रहने
- यस वर्ष कृषि क्षेत्रको वृद्धिदर १.५८ र गैर-कृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने
- जीडीपीमा कृषिको योगदान २४.० प्रतिशत र गैर-कृषिको ७६.० प्रतिशत रहने
- जलविद्युत् र प्रसारण संरचना विस्तारका कारण २०.९३ प्रतिशतको उच्च वृद्धि हासिल गर्दै जीडीपीमा २.०८ प्रतिशत हिस्सा ओगट्ने
- निक्षेप र कर्जा प्रवाह बढेकाले ९.१६ प्रतिशतको उच्च वृद्धि हुने
- निर्माण क्षेत्र यस वर्ष २.२१ प्रतिशतले धनात्मक हुने
- जीडीपीको ९०.३ प्रतिशत रकम उपभोगमै खर्च हुने
- प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर
- प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ४४ अमेरिकी डलर
- चालु आवको फागुनसम्म संघीय खर्च १०.४ प्रतिशत र संघीय राजस्व ३.२ प्रतिशत
- २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ जुन जीडीपीको ४३.६ प्रतिशत,
- वस्तु व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १४ करोड रुपयाँ
- विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतको उच्च वृद्धि भइ १४ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ
- कुल विदेशी विनिमय सञ्चिति इतिहासकै उच्च बिन्दु ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ
- बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ६ करोड २० लाख नाघेको
- क्यूआर कोडमा आधारित डिजिटल भुक्तानी मात्रै १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी
- निरपेक्ष गरिबी २०.२७ प्रतिशत
- बहुआयामिक गरिबी १७.४ प्रतिशत
- नेपालीको औसत आयु ७१.३ वर्ष
- २०८२ फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको
- सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिए
नेपालले कार्बन व्यापारबाट आम्दानी गर्न सुरु गरिसकेको छ, जसअन्तर्गत २०८२ फागुनसम्म ३.६ करोड अमेरिकी डलर अर्थात करिब साढे ४ अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ।
