काठमाडौं- देशभर सवारी दर्ताको संख्या ६२ लाख ४९ हजार ७ ३२ वटा पुगेको छ। यो संख्यामा मोटरसाइकलदेखि हलुका चारपांग्रे हुँदै ठूला ट्रकबससहित मेसिनरी उपरकणसम्म छन्।
आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माईक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन्।
त्यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७ सय ५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ। यससँगै हालसम्म (२०८२ फागुनसम्म) ४१ लाख १४ हजार १ सय ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने ५ हजार १ सय ८६ थान जडान भएको छ। २०८२ फागुनसम्म ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३ सय ४० थान मात्र जडान भएको छ।
इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१ स्वीकृति भइ कार्यान्वयनमा रहेको छ।
देशभर २०८२ फागुनसम्म यस्तो संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ। दर्ता भएका सवारी/यातायातका साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाईकल रहेका छन्।
