बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन सकेन- अर्थमन्त्री वाग्ले

बुधबार, जेठ १३ २०८३
पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन सकेन- अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन सकेन बताएका छन्। प्रतिनिधि सभामा  आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै मन्त्री वाग्लेले यस्तो बताएका हुन्।

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन सकेन बताएका छन्।

प्रतिनिधि सभामा  आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै मन्त्री वाग्लेले यस्तो बताएका हुन। 

चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ। संघीय खर्च १०.४ प्रतिशतले बढेपनि पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन नसकेको मन्त्री वाग्लेले बताएका छन्।

चालु आवकै ९ महिनाको अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ।

यस अवधिमा सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब रुपैयाँ घाटामा रहेका मन्त्री वाग्लेले सर्वेक्षण सभामा पेस गर्दै बताए। 


प्रकाशित : बुधबार, जेठ १३ २०८३१३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend