काठमाडौं- प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्।
सभामा सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा न्यून रहने बताएका छन्।
सर्वेक्षण प्रस्तुत गर्दै उनले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान भएको बताए।
यस्तो प्रतिकूल विश्व परिवेशका बाबजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान रहेको मन्त्री वाग्लेले जानकारी गराए।
