काठमाडौं- प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्।
सभामा सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान बताए।
मन्त्री वाग्लेले भने'गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ।'
सभामा पेस गरिएको सर्वेक्षणमा मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
