बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पछिल्लो चार महिनाको ५८ करोड रुपैयाँ बक्यौतामध्ये डीडीसीले भुक्तानी गर्‍यो १२ करोड

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १३ २०८३
पछिल्लो चार महिनाको ५८ करोड रुपैयाँ बक्यौतामध्ये डीडीसीले भुक्तानी गर्‍यो १२ करोड

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय डीडीसीले ४६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

काठमाडौं- दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ।

पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ भुक्तानी भएको डीडीसीले जनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थानको सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक एक करोड रुपैयाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय डीडीसीले ४६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

प्रकाशित : बुधबार, जेठ १३ २०८३११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend