बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिरुवारी पहिराले बेनी-जोमसोम सडक अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १३ २०८३
सिरुवारी पहिराले बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दीको रघुगंगा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो।

म्याग्दी- मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। 

म्याग्दीको रघुगंगा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी-जोमसोम-कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ। 

सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन्। 

सिरुवारी क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। उक्त पहिरो बेनी-जोमसोम सडकमा नियमित र सहज यातायात सञ्चालनका लागि मुख्य चुनौती बन्दै गएको  छ। रासस 


प्रकाशित : बुधबार, जेठ १३ २०८३१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend