काठमाडौं- भारतीय नीति निर्माताहरूका लागि संवेदनशील बनेको भारतीय रुपैयाँलाई स्थिर राख्नु भनेको देशको सबैभन्दा गहिरो आर्थिक सम्बन्ध ९सुनप्रतिको मोह० माथि प्रहार गर्नु सरह हो। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका नागरिकहरूलाई कम्तीमा एक वर्षका लागि मनलागेजति सुन खरिदको निर्णय थाती राख्न अपिल गरे। त्यसलगत्तै सरकारले यसलाई कानुनी रूप दिँदै सुनको आयात महसुल ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्यायो।
सरकारको यो दुई चरणको कदम विदेशी मुद्रा सञ्चिति जोगाउन र बाह्य ऊर्जा संकटबाट देशको मुद्रालाई बचाउन चालिएको एउटा रणनीतिक जोखिम हो। भलै यसका लागि नागरिकहरूको सबैभन्दा प्रिय सुरक्षित लगानी (सुन) माथि भारी कर किन लगाउनु नपरोस्, त्यो जोखिम मोदी हो।
यो सुन मोह ट्रिलियन डलरमा छ र यो निकै गहिरो छ। पुस्तौँदेखि भारतीयहरूले गरेको सुनको निरन्तर खपतले गर्दा देशैभरि यसको विशाल भण्डार जम्मा भएको छ। ब्लुमबर्गको एक रिपोर्ट अनुसार भारत सुनको विश्वकै दोस्रो ठूलो उपभोक्ता हो। जसले वार्षिक रूपमा करिब ६ सयदेखि ८ सय टन बहुमूल्य धातु आयात गर्दछ।
विश्वप्रसिद्ध वित्तीय संस्था मोर्गन स्टेनलेका अनुसार भारतीय परिवारहरूसँग हाल मुम्बईदेखि कोलकातासम्मका बैंक लकर, मन्दिरका भल्ट र पुर्ख्यौली सन्दुकहरूसमेत गरी करिब ३४ हजार ६ सय टन सुन सुरक्षित छ। यसमा औँठी, चुरा, हार र सुनका ढिक्काहरू समावेश छन्। वर्तमान अन्तर्राष्ट्रिय मूल्य अनुसार यसको कुल बजार मूल्य ५२ खर्ब अमेरिकी डलर (करिब ६९ लाख करोड रुपैयाँ) जति हुन आउँछ। यो भारतीय अर्थतन्त्रकै ठूलो रकम हो।
सुनप्रति भारतको आशक्ति
सुनको चाहलाई शान्त पार्न सरकारले जतिसुकै प्रयास गरे पनि त्यो नियन्त्रण गर्न निक्कै कठिन छ। भारतीयको सुनसँगको सम्बन्ध आर्थिकभन्दा बढी भावनात्मक छ। दिल्लीका एक ग्राहकले स्वास्तिक ज्वेलर्सका सञ्चालक नितिन गुप्तालाई सीधा भनेका थिए, '१५ प्रतिशत ड्युटी लागे लागोस्, तर छोरीको विवाह त जीवनमा एकै पटक हुने हो।'
यो एउटै वाक्यले सरकारी नीति र शताब्दीऔँ पुरानो परम्पराबीच चलिरहेको खिचातानीलाई स्पष्ट पार्छ। अब प्रश्न यो उठेको छ कि देशकै सबैभन्दा शक्तिशाली राजनीतिक उद्घोसले पनि भारतीय परिवारहरूमाथि सुनले जमाएको पकडलाई कमजोर बनाउन सक्ला त?
प्रधानमन्त्री मोदीसँग ठूलो राजनीतिक प्रभाव हुन सक्छ, तर बजार विज्ञहरूका अनुसार रुपैयाँ जोगाउन र बढ्दो आयात नियन्त्रण गर्न उनले गरेको सुन कटौतीको अपिलले दीर्घकालीन मागमा खासै ठूलो असर पार्ने सम्भावना देखिँदैन। किनभने भारतमा सुन केवल एउटा धातु मात्र होइन, यो भावना पनि हो।
चोइस वेल्थका सीईओ निकुञ्ज सराफ भारतीयको सुन मोहलाई देशको 'सांस्कृतिक वास्तुकला'का रुपमा व्याख्या गर्छन्। जुन विवाह, चाडपर्व, पारिवारिक प्रतिष्ठा र पुस्तैनी सम्पत्ति हस्तान्तरणसँग यसरी जोडिएको छ कि कुनै पनि सरकारी निर्देशिकाले सुन प्रति आम नागरिकको महोलाई भंग वा प्रभावित पार्न लगभग सक्दैन।
खासमा भारतीय बजारले यस अपिलप्रति अलि फरक र व्यङ्ग्यात्मक प्रतिक्रिया दियो। प्रधानमन्त्री मोदीको अपिल लगत्तै आगामी दिनमा थप प्रतिबन्ध लाग्ने वा मूल्य अझै बढ्ने डरले उपभोक्ताहरू सुन पसलमा ओइरिए, जसका कारण विवाहका गहनाहरूको बिक्री दैनिक औसतभन्दा १५ देखि २० प्रतिशतले बढ्यो। माग घटाउने प्रयास स्वरूप जारी गरिएको सन्देशले उल्टै आगोमा घिउ थप्नुसरह भयो।
सरकारको यो दबाब पूर्ण रूपमा निष्प्रभावी भने हुने छैन। इन्डिया बुलियन एन्ड ज्वेलर्स एसोसिएसनका राष्ट्रिय सचिव सुरेन्द्र मेहताका अनुसार प्रधानमन्त्रीको विशाल जनसमर्थन कारण सुनको माग अन्ततः १० देखि १२ प्रतिशतसम्म सुस्त हुन सक्छ। तर भारतीयहरूले सुन किन्नै छोड्नुको साटो कम किन्ने, कम क्यारेटका गहना बनाउने र चलाखीपूर्ण तरिकाले किन्ने जस्ता भारतीय उपाय अपनाउने छन् परम्परा नै भने त्याग्न भने तयार हुने छैनन्।
अनि जहाँ भावना झुक्दैन, त्यहाँ अन्ततः गणितको नियम लागु हुन्छ। सरकारले आयात कर दोब्बरभन्दा बढी अर्थात् १५ प्रतिशत पुर्याएपछि सुन व्यापारीदेखि विवाह गर्ने परिवारसम्मका लागि सुन निकै महँगो भएको छ।
के भारतीयहरू अझै सुन किन्दैछन्?
सुनको मूल्यमा भएको उच्च वृद्धिका कारण पहिले नै दबाबमा रहेको गहना बजारलाई हालैको भन्सार वृद्धिले थप प्रभावित पार्ने अनुमान गरिएको छ। रेटिङ एजेन्सी क्रिसिलको हालैको रिपोर्ट अनुसार उच्च मूल्य र आयात नियन्त्रण गर्ने सरकारी नीतिका कारण संगठित सुन बजार (गहना, सिक्का र ढिक्का)को बिक्री परिमाण गत आर्थिक वर्ष ८ प्रतिशतले घटेको थियो भने यस आर्थिक वर्षमा थप १३ देखि १५ प्रतिशतले घट्ने अनुमान छ।
क्रिसिल रेटिङ्सका निर्देशक हिमाङ्क शर्माका अनुसार सुन व्यवसायीहरूले ग्राहकहरूको संख्यामा तत्कालै गिरावट महसुस गरेका छन्। शर्माले तत्काल प्रभाव स्वरूप पछिल्लो ३/४ दिनमा सुन पसलहरूमा ग्राहकको उपस्थिति (फुटफल) र बिक्री घटेको छ। यद्यपि वर्षभरीको औसत मूल्यवृद्धिका कारण खुद्रा बिक्रेताहरूको समग्र आम्दानी प्रोफाइलमा भने सुधार आउने अनुमान गरिएको बताए।
यद्यपि सुन बजारमा सुरुवाती झटका राम्रै परेको थियो। मूल्य बढेपछिको पहिलो २ देखि ४ दिनसम्म पसलहरूमा ग्राहकको संख्या झण्डै २५/३० प्रतिशतले घटेको थियो भने अहिले अहिले माग बिस्तारै लयमा फर्कँदै गएको भारतीय सुन व्यवासयीहरुले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। मानिसहरू विवाहको सिजनका लागि उपयुक्त समयको पर्खाइमा छन्। इरान युद्धका कारण जुनसुकै बेला सुन(चाँदीको मूल्य बढ्न सक्छ भन्ने डर उनीहरूमा छ। त्यसैले मानिसहरू पर्ख र हेरको अवस्थामा छन् र यो सिजन समग्रमा राम्रै हुनेमा व्यवसायीहरु विश्वस्त छन्।
यो दबाब साना सुन पसलहरूमा अझ बढी देखिएको छ। दिल्लीस्थित स्वास्तिक ज्वेलर्सका मालिक गुप्ताले ड्युटी बढेपछि ग्राहकको संख्या झण्डै २५ प्रतिशतले घटेको बताए। तर ग्राहक घट्नुको अर्थ माग नै घट्नु भने होइन। बरु अहिले पसलमा आउने ग्राहकहरू बढी गम्भीर (वास्तविक खरिदकर्ता) छन्।
अप्रिल १ पछि हाम्रोमा ७०(७५ जना जति मात्र आए, तर तीमध्ये लगभग ८० प्रतिशत वास्तविक खरिदकर्ता थिए। १५ प्रतिशत ड्युटी र बैंकहरूले आयात रोकेको समाचारले मानिसहरूमा हतारो पैदा गरिदियो। मार्चमा खरिद गर्न थाती राखेकाहरू अप्रिलमा फेरि मूल्य बढ्ने डरले दौडिएर आएको गुप्ताले बताए।
भारतीयहरूले सुन किन्ने शैलीमा भने स्पष्ट परिवर्तन आएको छ। गुप्ताका अनुसार १५ प्रतिशत ड्युटीले रातारात सुनको मूल्य प्रति १० ग्राम (एक तोलाभन्दा थोरै बढी) झण्डै ४ हजार ५ भारतीय रुपैयाँले बढाइदियो। यसले ग्राहकहरूलाई सुन किन्नै छोड्नुको साटो आफ्नो बजेट पुनर्विचार गर्न बाध्य तुल्याएको छ।
मे-जुन महिनाको विवाहका लागि ग्राहकहरूले तीन प्रकारका प्रतिक्रिया देखाइरहेका छन्।
१. पहिलो ट्रेन्डस् पहिले नै विवाहका लागि बुक गरिएका अर्डरहरू यथापत छन्। जुन महिनाका ६० प्रतिशत अर्डरहरू मार्चमै पुरानो ५ प्रतिशत ड्युटी दरमा बुक भइसकेका थिए, तिनलाई सोही मूल्यमा उपलब्ध गराउने व्यवसायीहरुले बताएका छन्।
२. दोस्रो परिवर्तनस् नयाँ विवाहका गहना खरिदमा रोकिने छैन। जहाँ परिवारहरूले बजेटभित्रै समेटिन गहनाको तौल र क्यारेट घटाइरहेका छन्। पहिले ८० ग्रामको सेट खोज्नेहरू अहिले ४५/५० ग्रामको माग गरिरहेका छन्। २२ क्यारेटको सट्टा १८ क्यारेटतर्फको आकर्षण वास्तविक हो र औसत खरिद खर्च झण्डै १/२ लाख रुपैयाँले घटेको व्यवसायीहरुले बताएका छन्।
३. तेस्रो चिन्तास् अब चाडपर्वको सिजन (दिवाली) नजिकिँदो छ। गुप्ताका अनुसार यदि १५ प्रतिशत ड्युटी कायम रह्यो भने तिहारको खरिद खर्चिलो हुनुको साटो केबल परम्परा धान्ने खालको मात्र हुनेछ। ५ ग्रामको सिक्का वा हल्का पेन्डेन्ट जस्ता साना खरिद बढी हुनेछन्, जबकि ठूला खरिदहरू अर्को वर्षका लागि सर्नेछन् वा मानिसहरू सोभरेन गोल्ड बन्डतर्फ आकर्षित हुनेछन्।
भारतीय सुन बजार अहिले धेरै उतारचढावबाट गुज्रिरहेको छ। कोटक सेक्युरिटिजका कमोडिटिज रिटेल बिजनेस हेड सुनिल काटकेले इटी अनलाइनसँग कुरा गर्दै प्रधानमन्त्रीको अपिलले आयात र चालु खाता जस्ता वृहत आर्थिक पाटाहरूलाई प्रतिबिम्बित गरेको बताए।
लगानीका लागि हुने माग केही समयका लागि सुस्त हुन सक्ने भए पनि विवाह, चाडपर्व र घरायसी बचतसँग जोडिएको भारतको सांस्कृतिक लगाव निकै बलियो छ।
