बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साक्षीका रूपमा गलत बयान दिएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १२ २०८३
साक्षीका रूपमा गलत बयान दिएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

गत बैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुनेगरी बयान दिएको पुष्टि भएको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ।

आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो। सरकारी साक्षीका रूपमा उपस्थित प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा सहयोग नगरेको र गलत बकपत्र दिएको आयोगको दाबी छ।

गत बैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुनेगरी बयान दिएको पुष्टि भएको छ।

आयोगले स्याङ्जा पुतलीबजारका विप्लव पोखरेलविरुद्ध ५६ हजार ३५०, हेटौँडा उपमहानगरपालिकाका प्रल्हाद गौतमविरुद्ध ३७ हजार ५०० र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका राजेश श्रेष्ठविरुद्ध २७ हजार ३५० रुपैयाँबराबरको बिगो माग दाबी गरेको छ। उनीहरूले सो बराबरको रकम ढुण्डिराज दाहाललाई घुसबापत दिएका थिए। दाहाल यसअघि नै घुस लिएको अभियोगमा पक्राउ परेका थिए।


प्रकाशित : मंगलबार, जेठ १२ २०८३१६:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend