बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दूधको भुक्तानी तीव्र, दैनिक १ करोड वितरण : दुई महिनाभित्र सबै बक्यौता चुक्ता गर्ने तयारी

सोमबार, जेठ ११ २०८३
दूधको भुक्तानी तीव्र, दैनिक १ करोड वितरण : दुई महिनाभित्र सबै बक्यौता चुक्ता गर्ने तयारी

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधार कार्ययोजना कार्यान्वयनमा आएसँगै दुग्ध किसानको भुक्तानी प्रक्रिया तीव्र बनेको बताएकी छन्। हाल संस्थानमार्फत दैनिक करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको छ।

काठमाडौं- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधार कार्ययोजना कार्यान्वयनमा आएसँगै दुग्ध किसानको भुक्तानी प्रक्रिया तीव्र बनेको बताएकी छन्। हाल संस्थानमार्फत दैनिक करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हालसम्म १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। बाँकी बक्यौता रकम चरणबद्ध रूपमा भुक्तानी गर्ने योजना अनुसार आगामी दुई महिनाभित्र सम्पूर्ण दायित्व चुक्ता गर्ने तयारी गरिएको छ।

डीडीसीको हालको दैनिक कारोबार पनि करिब १ करोड रुपैयाँ बराबर रहेको र सोही रकम प्रत्यक्ष रूपमा किसानको खातामा पठाउने व्यवस्था मिलाइएको जनाइएको छ। यसअनुसार एक महिनाको भुक्तानी रकम आउँदो १३ गतेभित्रै उपलब्ध गराउने तयारी भइरहेको छ।

मन्त्री चौधरीले दूध किसानको श्रम र योगदानलाई सम्मान गर्दै उनीहरूको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताइन्।

भुक्तानी प्रक्रिया नियमित र प्रणालीगत रूपमा अघि बढेकाले बाँकी रकम पनि निर्धारित समयसीमाभित्रै किसानको खातामा पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, जेठ ११ २०८३१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend