काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
यसअघि सिफारिस गर्न बनेको समिमितले संक्षिप्त सूचीमा चारजना उम्मेदवार छनोट गरेकोमा अहिले डा. नवराज अधिकारीबाहेक अन्य तीनजनाको नाम सरकारलाई सिफारिस गरिएको हो। जसमा विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई रहेका छन्। सरकारले यसमध्येबाट एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यही बैठकले सिफारिसमा परेका तीन जनामध्येबाट एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने छन्।
