बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३ सय ३८ स्थानीय तहबाट भू-उपयोग वर्गीकरण सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ११ २०८३
३ सय ३८ स्थानीय तहबाट भू-उपयोग वर्गीकरण सम्पन्न

भू-उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गर्दै गरेका १३४ स्थानीय तह छन्। आधार तथा मापदण्ड तयार गर्दै गरेका ५० स्थानीय तह छन्।

काठमाडौं- देशभर ३ सय ३८ स्थानीय तहले भू-उपयोग वर्गीकरण गरेका छन्। भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन्।

देशभरका एक सय ६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरी कित्तागत विवरण संकलन तथा नक्सा अद्यावधिक गरेको जनाइएको छ। विभिन्न कारणले ४७ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन्।

त्यसैगरी १५ स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाइएको छ। भू-उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गर्दै गरेका १३४ स्थानीय तह छन्। आधार तथा मापदण्ड तयार गर्दै गरेका ५० स्थानीय तह छन्।

भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भूउपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिए।

कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने पूर्वाधार विकास, प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ।

स्थानीय तहलाई भू-उपयोग वर्गीकरणका लागि यही असार मसान्तसम्म समय अवधि तोकिएको छ। रासस


प्रकाशित : सोमबार, जेठ ११ २०८३११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend