बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १० २०८३
तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ।

यसैगरी चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ।


प्रकाशित : आइतबार, जेठ १० २०८३११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend