बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

आइतबार, जेठ १० २०८३
१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ।

वीरगन्ज- वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ।

गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो। 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए।

उनले चालु आवको पेटोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताए । जबकि गत आवको १० महिनामा भने छ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएको थियो।
 
चालु आवको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने पाँच थरिका पेटोलियम पदार्थको आयात भएको छ। त्यसैगरी, सोही अवधिमा ६९ अर्ब ४२ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ।  

५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। त्यसैगरी ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ। रासस


प्रकाशित : आइतबार, जेठ १० २०८३०६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend