बारा– गौरी कुमारी यादव ले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा निगमका निमित्त निर्देशक नागेन्द्र शाह सहितको टोलीले मन्त्री यादवलाई निगमको वर्तमान अवस्था, इन्धन भण्डारण क्षमता तथा आपूर्ति व्यवस्थाबारे जानकारी गराएको थियो।
अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको सन्दर्भमा मन्त्री यादवले वैकल्पिक ऊर्जाको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिइन्। उनले विशेषगरी इथानोल उत्पादनलाई प्रोत्साहन गर्न निजी क्षेत्रलाई सक्रिय रूपमा अघि आउन आग्रह गरिन्।
उनले पेट्रोलियम पदार्थको आयातमा निर्भरता घटाउन इथानोलजस्ता वैकल्पिक इन्धनको उत्पादन र प्रयोग विस्तार आवश्यक रहेको बताइन्। मन्त्री यादवले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर ऊर्जा सुरक्षाका नयाँ विकल्प खोज्न तयार रहेको समेत उल्लेख गरिन्।
