बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महासंघमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

शुक्रबार, जेठ ८ २०८३
महासंघमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्। निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गर्दै उनीहरूको विजयको औपचारिक जानकारी दिएको हो।

वरिष्ठ उपाध्यक्ष पदमा भएको प्रतिस्पर्धामा सुरकृष्ण वैद्यले ५६ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत प्राप्त गरे।

त्यसैगरी कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे।

महासंघ सचिवालयमा सम्पन्न मतदानमार्फत दुवै पदको निर्वाचन सम्पन्न गरिएको हो। निर्वाचन समितिका अनुसार मतपरिणाम औपचारिक रूपमा सार्वजनिक भएसँगै महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया टुंगिएको छ।

यसअघि महासंघमा अध्यक्षद्वारा मनोनित सदस्यहरूलाई समेत मताधिकार दिने व्यवस्था गरिएको थियो। विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रक्रिया सम्पन्न गरिएको महासंघले जनाएको छ।


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend