बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आयोजना बैंकमा ४ हजार ३ सय ९१ आयोजना दर्ता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
आयोजना बैंकमा ४ हजार ३ सय ९१ आयोजना दर्ता

काठमाडौं- चालु आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका परियोजनाको सङ्ख्या ४ हजार ३ सय ९१ पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, नयाँ आयोजनाको सङ्ख्या ३ सय ९० छन् ।

काठमाडौं- चालु आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका परियोजनाको सङ्ख्या ४ हजार ३ सय ९१ पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, नयाँ आयोजनाको सङ्ख्या ३ सय ९० छन् ।

त्यसमा आव २०८१/८२ को ६ वटा, गत चैत २२ मा १ सय २६, गत वैशाख १० मा १ सय ३०, गत वैशाख १५ गते ३१ र यही जेठ ४ गते मात्रै १सय ३ आयोजना दर्ता भएका छन्। परियोजना बैंकमा रहेका आयोजनामध्ये क्रमागतका ९२ र अध्ययनका क्रममा रहेका तीन हजार ९०९ वटा छन्।

अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्र

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पेस गर्नुभएको विवरणअनुसार, मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत् उत्पादन र पर्यटक सङ्ख्या बढेको उल्लेख गरेका छन्। बैंकमा अधिक निक्षेप तरलता रहेको र विदेशी विनिमयको पर्याप्त सञ्चिति रहेको छ।

यस्तै, वनको उत्पादकत्वमा वृद्धि, काष्ठ सामग्री र गैरकाष्ठ वन पैदावर निकासीमा उल्लेख्य वृद्धि भई २० अर्ब रुपैयाँ बराबर पुगेको अर्थमन्त्री डा वाग्लेले जानकारी दिए। यस्तै, विश्व कार्बन व्यापारमा प्रवेश गरेको, कार्बन बिक्रीबाट पहिलो किस्ताको ९ दशमलव ४ मिलियन अमेरिकी डलर बराबरको रकम रकम वन विकास कोषमा जम्मा भएको छ।

कच्चा पदार्थ प्रदान गरी सिमेन्ट तथा जलविद्युत् उत्पादनमा अभिवृद्धि भई आत्मनिर्भर र निर्यातउन्मुख रहेको र तौलरहित व्यापार, डिजिटल सुशासन र सूचना प्रविधिका क्षेत्रबाट नेपालको युवा जनशक्तिको लाभ एवम् रोजगारी अभिवृद्धि हुने अवस्था रहेको उनले जानकारी दिए।रासस 


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend