बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१० महिनामा २ खर्ब ४८ अर्बको निर्यात, आयात १४ प्रतिशतले बढ्दा अरु सूचक के छन्?

शुक्रबार, जेठ ८ २०८३
१० महिनामा २ खर्ब ४८ अर्बको निर्यात, आयात १४ प्रतिशतले बढ्दा अरु सूचक के छन्?

१० महिनामा समग्र वैदेशिक व्यापार पनि १४ प्रतिशतले बढेको छ भने यो अवधिमा व्यापार घाटा पनि १४ प्रतिशतले बढेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि बैशाखसम्मको अवधिमा गत वर्षको तुलनामा १४ प्रतिशतले धेरै निर्यात भएको हो। गत वर्षको यही अवधिमा २ खर्ब १७ अर्ब रुपैयाँको निर्यात भएको थियो।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल हो। १० मिहनामा १ खर्ब १ अर्ब २६ करोड रुपैयाँको भटमासको तेल भारत निर्यात भएको छ। त्यस्तै ११ अर्ब रुपैयाँको अलैची पनि भारतमै निर्यात भएको छ। तेस्रो धेरै निर्यात हुने वस्तुमा सुर्यमुखीको तेल रहेको छ। यी तीन वस्तुमध्ये नेपालको आफ्नै उत्पादन अलैचीमात्र हो।

तेलको अन्तिम तहको प्रशोधनमात्र नेपालमा हुँदै आएको छ। भारतले रणनीतिक रुपमा नेपालको तेललाई उपयोग गर्दै आएको छ।

नेपालबाट धेरै निर्यात पाँच वस्तुमा चौथो नम्बरमा पाम अयल छ भने पाँचौमा कार्पेट रहेको छ।

१० महिनामा नेपालमा आयात भने १६ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको भएको छ। यो गत वर्षको तुलनामा १४ प्रतिशतले नै धेरै हो। मागभन्दा पनि मूल्यवृद्धिका कारणले आयातको बिल बढेको अधिकारीहरूले बताएका छन्। 

यो अवधिमा सबैभन्दा धेरै आयात हुनेमा डिजेल रहेको छ। डिजेल १ खर्ब ३० अर्ब रुपैयाँको भएको छ भने भटमासको कच्चा तेल १ खर्ब ६ अर्ब रुपैयाँको आयात भएको छ। त्यस्तै पेट्रोल ५८ अर्ब, ४८ अर्बको स्टिल र ४६ अर्बको खाना पकाउने ग्यासको आयात भएको छ। 

१० महिनामा समग्र वैदेशिक व्यापार पनि १४ प्रतिशतले बढेको छ भने यो अवधिमा व्यापार घाटा पनि १४ प्रतिशतले बढेको छ। 


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend