बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महँगीबाट प्रभावित निर्माण व्यवसायीको ठेक्का नतोड्ने, म्याद थपमा लचिलो बन्ने सरकारको नीति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
महँगीबाट प्रभावित निर्माण व्यवसायीको ठेक्का नतोड्ने, म्याद थपमा लचिलो बन्ने सरकारको नीति

राहत दिनुपर्ने समयमा आहत दिने बाटोतिर सरकार लाग्न नहुने बताउँदै उनीहरूले मूल्यवृद्धिविरुद्ध आन्दोलनसमेत गरिरहेका छन्।

काठमाडौं- पूर्वाधार विकास मन्त्री  सुनिल लम्साल ले महँगीका कारण समस्यामा परेका निर्माण व्यवसायीलाई आयोजनाको अवस्था हेरेर म्याद थप गरिने बताएका छन्।

मन्त्री लम्सालले पश्चिमी एसियामा जारी समस्याले विश्व अर्थतन्त्रमा असर पारेको र त्यसको प्रभाव नेपालमा पनि गम्भीर रूपमा परेको बताए। उनले सरकारले यसको समाधानका लागि काम गरिरहेको तथा मूल्य समायोजनको विषयमा पनि पहल भइरहेको जानकारी दिए।

उनका अनुसार महँगीका कारण निर्माण व्यवसायीहरू समस्यामा परेकाले आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरेर म्याद थप गरिनेछ। साथै, उनले आयोजनाको काम नरोकिन आग्रह गर्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पछिल्लो समय सरकार म्याद सकिएका ठेक्का तोड्नेमा अग्रसर भएको छ। तर महंगीकै कारणले निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीहरूले नतोड्न आग्रह गरेका थिए। 

राहत दिनुपर्ने समयमा आहत दिने बाटोतिर सरकार लाग्न नहुने बताउँदै उनीहरूले मूल्यवृद्धिविरुद्ध आन्दोलनसमेत गरिरहेका छन्। 


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend