बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बजेट निर्माणमा अर्थमन्त्री वाग्लेले पछ्याए परम्परा, पूर्वअर्थमन्त्रीसँग परामर्श

बिहीबार , जेठ ७ २०८३
बजेट निर्माणमा अर्थमन्त्री वाग्लेले पछ्याए परम्परा, पूर्वअर्थमन्त्रीसँग परामर्श

वाग्लेले  ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन्। नयाँ अवस्थामा बजेट निर्माण गरिरहेको बतउँदै वाग्लेले पूर्वअर्थमन्त्रीको अनुभव तथा सुझाव मागेका थिए।

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारीमा रहेका अर्थमन्त्री डा स्वर्णम वाग्लेले विगतको परम्परा अनुसरण गर्दै पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेका छन्।

वाग्लेले  ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन्। नयाँ अवस्थामा बजेट निर्माण गरिरहेको बतउँदै वाग्लेले पूर्वअर्थमन्त्रीको अनुभव तथा सुझाव मागेका थिए। 

‘हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौं। हामी सबैले जीवनको कुनै न कुनै कालखण्डमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका छौँ । भलै त्यो बेलको राजनीतिक परिस्थिति कति अनुकूल थिए कति प्रतिकूल  तर, उदेश्य सबैको पवित्र र एउटै थियो देश र जनताका लागि राम्रो गर्ने हो’ मन्त्री वाग्लेले सम्बोधनका क्रममा भनेका थिए। 

पूर्व अर्थमन्त्री रामेश्वर खनालले  उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न, तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न, ‍विद्युतमा भ्याट नलगाउन सुझाव दिएका थिए। 

त्यस्तै पूर्वअर्थमन्त्री शंकर कोइराला नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना, हेजिङ पोलेसी अगाडि बढाउन सुझाव दिएका थिए। 

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले भने बजेटको आकार धेरे ठूलो नबनाउन सुझाव दिएका थिए। पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्नेगरी नीतिगत व्यवस्था गर्न, कृषिलाई विशेष सम्बोधन गर्न आग्रह गरेका थिए। 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने ठूला आयोजना अब नथप्न आग्रह गरेका थिए। डा.प्रकाश शरण महतले समाजिक सुरक्षाको कार्यक्रमलाई व्यापक सुधार तथा सरकारी संरचनालाई छरितो बनाउन सुझाव दिएका थिए। 

वर्षमान पुनले विगतमा बनेका पूर्वाधारको प्रतिफल नआएकाले त्यसलाई प्रतिफलउन्मुख बनाउन सुझाव दिएका थिए भने विष्णु पौडेलले प्राकृतिक स्रोतको परिचालनबाट लाभ लिने नीति लिन आग्रह गरेका थिए। जनार्दन शर्माले भने निजीकरणको नाममा सरकार सचेत हुनुपर्ने बताएका थिए। 


प्रकाशित : बिहीबार , जेठ ७ २०८३१७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend