बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अगाडि बढ्ने

बिहीबार , जेठ ७ २०८३
महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अगाडि बढ्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अगाडि बढ्ने भएको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अगाडि बढ्ने भएको छ।

कार्यकारिणी समितिको निर्णयसम्बन्धी उच्च अदालतमा परेको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने फैसला भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रमअनुसार निर्वाचन प्रक्रिया र कार्यकारिणी समिति बैठक हुने भएको छ।

यसअघि उच्च अदालत पाटनले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गते तय गरिएको बैठक यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले मनोनीत सदस्यले वरिष्ठ उपाध्यक्ष चयनमा मतदान गर्न पाउने महासंघको निर्णयलाई पनि यथास्थितिमा राख्न आदेश दिएको थियो। जेठ ६ गतेको उक्त आदेशसँगै ७ गते दुवै पक्षलाई छलफलमा उपस्थित हुने अदालतले आदेश दिएको थियो।

जेठ ७ गते दुवै पक्षबीच भएको छलफलपछि अदालतले अन्तरकालीन आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि निर्वाचन प्रक्रिया अगाडि बढाउने बाटो खुलेको महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ ७ २०८३१६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend