काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सञ्चालक समितिको सदस्यका लागि इच्छुकहरूले आवेदन दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार अध्यक्षका लागि ३२ जनाले आवेदन दिएका छन्।
त्यस्तै कानून तर्फको सदस्यका लागि ४ जना, लेखा तर्फको सदस्यका लागि ९, बजार व्यवस्थापन सदस्यका लागि ५ जना र प्रशासन र प्राविधिक सदस्यका लागि १५ जनाले आवेदन दिएका छन्।
आवेदन दिनेहरू अधिकांश यसअघिदेखि नै विभिन्न सार्वजनिक पदका लागि आव्हान भएका विज्ञापनमा आवेदन दिनेहरूकै बाहुल्यता छ।
सार्वजनिक पदमा नियुक्तिका लागि सरकारले आवेदन माग्नेवित्तिकै आवेदन दिनेहरूको संख्या धेरै रहेको छ।




