शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कानून निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ७ २०८३
कानून निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’

कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानुनको दफामा संशोधन वा सुझाव दिन सकिने जनाइएको छ।

काठमाडौं- कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन सार्वजनिक गरिएको छ। 

गत वैशाख २७ गते कानून दिवसको अवसरमा घोषणा भएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन्। 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माण प्रक्रियामा नागरिकलाई प्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको बताइन्। उनले कानूनहरू नागरिककै लागि बन्ने भए पनि निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नभएको औँल्याउँदै यस पहलले कानूनी सचेतना विस्तार र नागरिक सहभागिता दुवै सुनिश्चित गर्ने जानकारी दिइन्।

कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानुनको दफामा संशोधन वा सुझाव दिन सकिने जनाइएको छ। 

त्यस्तै भाषागत कठिनाइ भए पनि मन्त्रालयले सुझावलाई कानूनी भाषामा रूपान्तरण गर्ने बताएको छ। तथापि सुझाव दिनुअघि सम्बन्धित कानून अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सर्त राखिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ७ २०८३१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend