शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

चितवनमा मह उत्पादनमा कमी

बिहीबार , जेठ ७ २०८३
चितवनमा मह उत्पादनमा कमी

गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो।

चितवन- जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो। 

उनले भने, 'बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ।' तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको उनले बताए। यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेका छन्। अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उनले जानकारी दिए।

गत वर्षमा मौरीपालक किसानमध्ये ७० प्रतिशतले छ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र छ पटक मह निकालेका छन्। 

जिल्लामा ४५० जना व्यावसायिक मौरीपालक किसान रहेका छन्। जिल्लामा विशेष गरी चिउरी र तोरीको मह ८० प्रतिशत उत्पादन हुँदै आएको छ। बीस प्रतिशत मह रुदिलो, फापर, पड्के, लिचीलगायतबाट उत्पादन हुने गरेको उनले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , जेठ ७ २०८३१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend