शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आजको मौसम : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

बिहीबार , जेठ ७ २०८३
आजको मौसम : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
 
महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो। 
 
आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। 
 
महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ। 
 
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई  भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 
 
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। 
 
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित  मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ७ २०८३०७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend