शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ६ २०८३
तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

यस्तै चाँदीको मूल्य तोलामा एक सय २५ रुपैयाँले ओरालो लागेको छ।

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ।

मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार हुनेगरी निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य तोलामा एक सय २५ रुपैयाँले ओरालो लागेको छ। मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला चार हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ।


प्रकाशित : बुधबार, जेठ ६ २०८३११:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend