शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउनु पर्छ - सांसद यादव

मंगलबार, जेठ ५ २०८३
स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउनु पर्छ - सांसद यादव

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले महिनावारी कुनै रहर नभई महिलाको प्राकृतिक आवश्यकता भएको बताएका हुन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले महिनावारी कुनै रहर नभइ महिलाको प्राकृतिक आवश्यकता भएको बताएका हुन्। 

उनले महिनावारीको समयमा सुरक्षित र स्वस्थ रहन पाउनु हरेक महिलाको मौलिक हक र सम्मानको विषय भएको उल्लेख गरे। उनले सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाएका थिए। यादवले महिनावारीलाई राजश्वको स्रोत बनाउने राज्यले समानता र महिला सशक्तीकरणका बारेमा बोल्ने नैतिक अधिकार नराख्ने टिप्पणी गरे। 

सांसद यादवले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने चुरोट, मदिरा जस्ता पदार्थमा ‘सिन ट्याक्स’ थप वृद्धि गर्न सुझाव दिँदै महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्यानिटरी प्याडमा कर लगाइरहनु राज्यको असंवेदनशीलताको प्रतिक भएको बताए। 

सांसद यादवले भने, ‘एकातिर महिला सशक्तीकरण र लैंगिक समानताका ठूला भाषण गर्ने, अर्कोतिर स्यानिटरी प्याड जस्तो आधारभूत आवश्यकताका सामग्रीमा कर लगाउने कार्य सामाजिक न्यायको सिद्धान्त विपरीत छ। यो केवल आर्थिक मुद्दा मात्र होइन, यो महिलाको प्रतिष्ठा, स्वास्थ्य र समान अवसरको प्रश्न पनि हो।’ स्यानिटरी प्याडमा लाग्दै आएको कर पूर्ण रूपमा खारेज गर्न सरकारसँग माग उनले माग गरे।


प्रकाशित : मंगलबार, जेठ ५ २०८३१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend