शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति घोषणा

मंगलबार, जेठ ५ २०८३
एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति घोषणा

एनसेल अन्तर्गतको एनसेल फाउन्डेसन ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ।

काठमाडौं- एनसेल अन्तर्गतको एनसेल फाउन्डेसन ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ।

युवा सशक्तीकरण र शिक्षाप्रतिको प्रतिबद्धताअनुसार प्रोजेक्ट शिक्षा सँगको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत यस वर्ष १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा तथा अन्तर्वार्ताको आधारमा प्रदान गरिनेछ। कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई प्राथमिकतामा राखी समान अवसर सुनिश्चित गर्ने लक्ष्य राखिएको फाउन्डेसनले जनाएको छ।

यसका साथै छनोट भएका विद्यार्थीहरूले १२ महिनासम्म सीमित डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधा पनि प्राप्त गर्नेछन्। यसले विद्यार्थीलाई अध्ययन, सूचना तथा अवसरसँग निरन्तर जोडिन सहयोग पुग्ने विश्वास लिइएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का ले शिक्षा देशको भविष्य निर्माण गर्ने आधारभूत स्तम्भ भएको उल्लेख गर्दै भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाको भविष्य निर्धारण गर्न नहुने बताइन्।

उनले प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत अवसरबाट वञ्चित तर क्षमता भएका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच दिलाउने प्रयास गरिएको बताइन्।

हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षा ले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। सन् २०१७ देखि सञ्चालनमा रहेको यो कार्यक्रमले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीका लागि शैक्षिक अवसर सिर्जना गर्दै आएको छ।

गत वर्ष पनि यही कार्यक्रमअन्तर्गत एनसेल ले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। ती विद्यार्थी हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययनरत रहेका छन्।


प्रकाशित : मंगलबार, जेठ ५ २०८३०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend