शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

घरजग्गा कारोबारबाट बैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ४ २०८३
घरजग्गा कारोबारबाट बैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन

फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व संकलन भएको थियो। विभागका अनुसार गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको राजस्व संकलन भएको थियो।

काठमाडौं- घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व संकलनको विवरणले देखाएको छ। गत चैतको तुलनामा गत बैशाखमा राजस्व संकलनमा वृद्धि भएको छ।

गत चैतमा घर जग्गा कारोबारबाट कुल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व संकलन भएकामा बैशाखमा कुल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ रुपैयाँबराबरको राजस्व संकलन भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत बैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पुँजीगत लाभकरबाट दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ संकलन भएको छ। यस्तै मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट चार करोड ४८ लाख ७८ हजार तीन सय १८ संकलन भएको छ।

यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ संकलन भएको थियो। यस्तै पुँजीगतलाभकरबापत दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ संकलन भएको थियो।

मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट चार करोड ६२ लाख ९९ हजार सात सय ८० बराबरको रकम संकलन भएको विभागले जनाएको छ।

त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व संकलन भएको थियो। विभागका अनुसार गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : सोमबार, जेठ ४ २०८३११:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend