शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

१० महिनामा ६ अर्ब राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ४ २०८३
१० महिनामा ६ अर्ब राजस्व संकलन

बागमती- आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२-८३ को १० महिनामा करिब  ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

बागमती- आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा  ३४ करोड २१ लाख २४ हजार रुपैयाँ बढी अर्थात् ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

चालु आवको बैशाखसम्ममा  अन्तशुल्कतर्फ ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार रुपैयाँ, आयकरतर्फ  १ अर्ब २ करोड ४ लाख ९६ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ
५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ  ६ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ  १ करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

प्रमुख सुवेदीका अनुसार चालु आवमा ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ।

करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब  १० करोड रुपैयाँ भन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए। रासस


प्रकाशित : सोमबार, जेठ ४ २०८३१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend