काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेका अभियोगको मुद्दा दायर विशेष सरकारी वकिलको कार्यालयले गर्ने भएको छ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दे विभागले गरेको अनुसन्धान प्रतिवेदनको अभियोजन विशेष सरकारी वकिलको कार्यालयले गर्ने तोकेको हो।
हालैमात्र अध्यादेशबाट संशोधन गर्दै विभागलाई मूलधारका सबै विषयको अनुसन्धान गर्ने अधिकार दिएको थियो। तर त्यसरी गरिएको अनुसन्धानको अभियोजनको अधिकार क्षेत्र राजपत्रमा सूचना प्रकाशित गरेर तोक्ने व्यवस्था थियो। सोहीअनुसार सरकारले तोकेको हो।
विभागले अनुसन्धान गरेका अभियोगनको अभियोजन अबदेखि विशेष अदालतमा हुने भएको छ।


