शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कामिरिता शेर्पाले गरे सगरमाथाको ३२ औँ सफल आरोहण

आइतबार, जेठ ३ २०८३
कामिरिता शेर्पाले गरे सगरमाथाको ३२ औँ सफल आरोहण

सन् १९९४ देखि सगरमाथा आरोहण सुरु गरेका शेर्पाले तीन दशकभन्दा बढी समयको निरन्तर अभ्यास र जोखिमपूर्ण पर्वतारोहण यात्रामार्फत विश्व कीर्तिमान कायम गर्दै आएका छन्।

काठमाडौं- कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ले सगरमाथाको ३२ औँ पटक सफल आरोहण गरेका छन्।

५६ वर्षीय शेर्पाले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेको पर्वतारोहण कम्पनी सेभेन समिट ट्रेक्स ले जनाएको छ।

कम्पनीका अनुसार आरोहणपछि उनी अहिले आफ्नो टोलीसहित आधार शिविरतर्फ सुरक्षित रूपमा अवतरण गरिरहेका छन्।

कम्पनीले सामाजिक सञ्जाल फेसबुकमार्फत उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा भव्य स्वागतको तयारी भइरहेको पनि जनाएको छ।

‘३२ औँ पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेन समिट ट्रेक्सले लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा भव्य स्वागतको तयारी गरिँदैछ।’

सन् १९९४ देखि सगरमाथा आरोहण सुरु गरेका शेर्पाले तीन दशकभन्दा बढी समयको निरन्तर अभ्यास र जोखिमपूर्ण पर्वतारोहण यात्रामार्फत विश्व कीर्तिमान कायम गर्दै आएका छन्।

उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान आफ्नै नाममा राखेका छन्। 


प्रकाशित : आइतबार, जेठ ३ २०८३११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend