बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्स परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १ २०८३
नेप्स परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

आजको कारोबारमा ३ सय ३८ कम्पनीको ७९ लाख ३ हजार ४ सय ४४ कित्ता सेयर  ४३ हजार ६ सय ७४ पटक किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा सबैभन्दा धेरै नबिल डिबेन्चरको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ।

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.०७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १०.०७ अंकले घटेर २७३०.१७ मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ३८ कम्पनीको ७९ लाख ३ हजार ४ सय ४४ कित्ता सेयर  ४३ हजार ६ सय ७४ पटक किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा सबैभन्दा धेरै नबिल डिबेन्चरको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ। 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै यूनियन हाइड्रोपावर लिमिटेडको ३० करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक  घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६४ प्रतिशत बढेको छ।

प्रकाशित : शुक्रबार, जेठ १ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend