काभ्रेपलाञ्चोक- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको वैशाख ३१ गते बिहीबार बेलुका ५ बजे बसेको सञ्चालक समितिको ४३ औं बैठकले उक्त निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि यस प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेश गरिने छ।
धुलिखेलमा केन्द्रीय कार्यालय रहेको यो संस्था राष्ट्रिय स्तरको 'घ' वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो।
