बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३१ २०८३
नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार बढ्यो

आजको कारोबारमा ३ सय ३७ कम्पनीको ७९ लाख ५७ हजार १ सय ५२ कित्ता सेयर  ५६ हजार ३ सय ७५ पटक किनबेच हुँदा ३ अर्ब २८ करोड ७३ लाख ९७ हजार ४ सय ७८ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको चाैथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ४.१५ अंकले घटेर २७४०.२५मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ३७ कम्पनीको ७९ लाख ५७ हजार १ सय ५२ कित्ता सेयर  ५६ हजार ३ सय ७५ पटक किनबेच हुँदा ३ अर्ब २८ करोड ७३ लाख ९७ हजार ४ सय ७८ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडकाे सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर ९.२२ प्रतिशतले बढेको छ। 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २ प्रतिशत घटेको छ।

त्यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ प्रतिशत घटेको छ।


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend