बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९ महिनामा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन १ खर्ब ४३ अर्ब रुपैयाँ

बिहीबार , वैशाख ३१ २०८३
९ महिनामा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन १ खर्ब ४३ अर्ब रुपैयाँ

काठमाडौं- नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको वित्तीय विवरण सार्वजनिक गरेको छ।

काठमाडौं- नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

तथ्यांकअनुसार समग्र जीवन बीमा क्षेत्रले चैत मसान्तसम्म १ खर्ब ४३ अर्ब ८१ करोड १ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ।

सार्वजनिक विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत मसान्तसम्म सबैभन्दा धेरै ३६ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ संकलन गरेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पनि ११ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

अन्य कम्पनीहरूलाई हेर्दा हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ र सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ संकलन गरेका छन्।

एशियन लाइफले ७ अर्ब २४ करोड ७० लाख र सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। 

साथै सिटिजन लाइफले ६ अर्ब ८ करोड ७१ लाख, रिलायबल नेपाल लाइफले ४ अर्ब ४२ करोड ९० लाख र आईएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ संकलन गरेको तथ्याङ्कले देखाउँछ। तुलनात्मक रूपमा कम व्यवसाय गरेका मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख, सन नेपाल लाइफले ३ अर्ब १७ करोड ९१ लाख र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ संकलन गरेका छन्।

लघु जीवन बीमा व्यवसायतर्फ पनि क्रमिक सुधार भएको देखिएको छ। यस क्षेत्रका ३ कम्पनीहरू मध्ये गार्डियन माइक्रो लाइफले ३ करोड ४ करोड ५७ लाख, क्रेष्ट माइक्रो लाइफले ३ करोड ४ करोड ७१ लाख र लिबर्टी माइक्रो लाइफले २ करोड ३६ करोड ५८ लाख रुपैयाँ चैत मसान्तसम्म संकलन गरेका छन्। 

लघु जीवन बीमाको कुल व्यवसाय ८ करोड ४५ लाख ६१ हजार पुगेको छ। त्यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल मार्फत २ अर्ब ५० करोड ७५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।

चैत महिनाको कारोबार

चैत महिनामा मात्रै सबै जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ६३ करोड ११ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। जसमा ३ अर्ब ७२ करोड २६ लाख ३२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १२ अर्ब ५८ करोड ५ लाख ४६ हजार रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ।

यो महिनामा जारी भएका बीमालेखको संख्या ५ लाख ६७ हजार ५०२ रहेको छ भने समग्रमा सक्रिय बीमालेखको संख्या १ करोड ६३ लाख १७ हजार २०५ पुगेको छ।


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend