काठमाडौं- नेपाल बीमा प्राधिकरणले हिमालयन लिमिटेड लाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ।
प्राधिकरणको बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मका लागि नयाँ व्यवसाय गर्न निषेध गरिएको हो।
यो प्रतिबन्ध पूर्ण रूपमा नभई आंशिक प्रकृतिको रहेको छ। जसअनुसार साविकमा भइसकेका पुनर्बीमा व्यवसायका लागि गरिने रेट्रोसेसन र पुनर्बीमा दाबी भुक्तानी जस्ता कार्यहरू भने कम्पनीले यथावत रूपमा सञ्चालन गर्न पाउनेछ।
