बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्स परिसूचक सामान्य घट्यो, कारोबार रकम २ अर्ब ८० करोड रुपैयाँमा झर्‍यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३० २०८३
नेप्स परिसूचक सामान्य घट्यो,  कारोबार रकम २ अर्ब ८० करोड रुपैयाँमा झर्‍यो

आजको कारोबारमा ३ सय ३९ कम्पनीको छ ५६ लाख ४३ हजार २ सय ८८ कित्ता सेयर ४२ हजार १ सय ७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३ सय ६१ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको तेस्राे कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४.१५ अंकले घटेर २७४०.२५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से  ३९.४४ अंकले घटेर २७४४.४०मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ३९ कम्पनीको छ ५६ लाख ४३ हजार २ सय ८८ कित्ता सेयर ४२ हजार १ सय ७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३ सय ६१ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै एशियन हाइड्रोपावर लिमिटेड ११.४२ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको २७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५० प्रतिशत बढेको छ।

त्यसैगरि, बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१, अन्य ०.३० प्रतिशत घटेको छ।

प्रकाशित : बुधबार, वैशाख ३० २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend